सोनमको औँलामा ९० लाखको औंठी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडाको विवाह ठूलो तामझामका साथ भएको थियो । प्रियंका र निक जोनासले जोधपुरको उमेद भवन प्यालेसमा शाही विवाह गरे, जबकी दीपिका र रणवीर सिंहले भारतबाट हजारौं माइल टाढा इटलीमा विवाह गर्ने निर्णय लिए । दुवै अभिनेत्रीले विवाहको समयमा निकै महंगा गहना लगाएका थिए । त्यो समयमा यी दुई अभिनेत्रीको गहनाको प्रशंसा भइरहँदा अर्की अभिनेत्री सोनम कपूरले आफ्नो विवाहमा लगाएको औठीको मूल्यको बारेमा सञ्चारमाध्यमले खासै ध्यान दिएनन् ।

समाचार अनुसार सोनमले आफ्नो इन्गेजमेन्टमा झन्डै ९० लाखको औठी लगाएकी थिइन् । उनले औठी नै ९० लाखको लगाए पछि बाँकी गहनाको मूल्य कति होला भन्ने अड्कलबाजी शुरु भएको छ । सोनमले मुम्बईमा नै आफ्ना प्रेमी आनन्द अहुजासँग सन् २०१८ मे ८ मा विवाह गरेकी थिइन् ।

दीपिकाले विवाहको समयमा २० लाखको मंगलसूत्र लगाएकी थिइन् । दीपिका र रणवीरले इटालीको लेक कोमामा १४ र १५ नोभेम्बरमा विवाह गरेका थिए । उनीहरुको विवाहमा परिवारका अलावा नजिकका केही साथी सहभागी थिए ।

महंगो गहना लगाउनेमा प्रियंका पनि निकै अगाडि छिन् । प्रियंकाले आफ्नो व्याचलर पार्टीमा १० करोडको गहना लगाएकी थिइन् । यसबाहेक उनको विवाहका हरेक कार्यक्रममा अलग अलग गहनामा देखिन्थिइन् । जुन आफैंमा महंगो थियो ।