न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्व सुरक्षा सल्लाहकारका विरुद्ध लागेको सबै आरोप रद्द गर्ने फैसला पछि अमेरिकाको राजनीतिमा आरोप–प्रत्यारोपको सिलसिला शुरु भएको छ । यो बहसको केन्द्रमा देशका वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति छन् । यद्यपि पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथि लागेको आरोप हटाउने फैसला न्याय विभागले गरेको हो ।
राष्ट्रपति पदमा ट्रम्पको कार्यकालको शुरुवाती दिनमा माइकल फ्लिनलाई राजीनामा दिन बाध्य गराइएको थियो । माइकलमाथि रुसका सरकारी अधिकारीसँग आफ्नो सम्बन्धका बारेमा उपराष्ट्रपति माइक पेन्ससँग झुठो बयान दिएको आरोप थियो । रुस र ट्रम्पको चुनाव अभियानका बीच सम्बन्धका विषयमा अनुसन्धान गरिरहेको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन(एफबीआइ)का अधिकारीहरुको अगाडि पनि माइकलले झूट बोलेको कुरा स्वीकारेका थिए । वर्षौदेखि चलेको कानूनी रस्साकस्सीपछि अन्ततः पूर्व थ्री स्टार जनरल माइकल अब आरोपबाट मुक्त भएका छन् ।
पूर्व राष्ट्रपति बराक ओबामा आम रुपमा डोनाल्ड ट्रम्पमाथि टिप्पणी गर्ने मामलामा सचेत छन् । तर गत शुक्रबार आफ्ना पूर्व सहयोगीहरु र अधिकारीहरुसँगको कुराकानीमा उनले ट्रम्पको कामकाजप्रति तिखो टिप्पणी गरे । ‘यस्तो कुनै पनि उदाहरण खोज्न सकिँदैन कि कुनै व्यक्तिमाथि सपथको विषयमा झुठ बोलेको आरोप लागोस् र त्यसलाई तुरुन्तै छोडिदियोस् । यो कुराले तपाईंलाई चिन्तित तुल्याउँछ । यो केवल निर्धारित प्रक्रिया र नियम कानुनको कुरा होइन, कानूनको शासनलाई लिएर हाम्रो सामान्य समझदारीमा खतरा छ’, ओबामाले भनेका छन् ।
पूर्व राष्ट्रपतिले आफूमाथि आरोप लगाइरहँदा ट्रम्प कहिल्यै हच्केका छैनन् । आइतबार उनले पूर्व राष्ट्रपति ओबामाथि आरोप लगाउँदै यसबारे कैयौं ट्वीट र रिट्वीट गरेका थिए । ट्रम्पले ओबामा र उनका सहयोगी उनको प्रशासनको महत्व कम गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका छन् । ट्रम्पले दक्षिणपन्थी विश्लेषकको दाबीलाई दोहोर्याउँदै ओबामा, एफबीआईका पूर्व कार्यकारी निर्देशक एन्ड्रयू मेकेब, पूर्व कार्यकारी अटार्नी जनरल रोड रोजेनस्टीन, टेलिभिजन प्रस्तोता जिमी किमेल, कैयौं मिडिया संस्थान र पत्रकारविरुद्ध आक्रोश पोखेका थिए । राष्ट्रपति ट्रम्पले एक टकरेडियो शोका प्रस्तोताको ट्वीटको रिट्वीट गर्दै ‘अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक अपराध’ भनेका छन् । यी प्रस्तुतकर्ताले ओबामा प्रशासनसँग जोडिएका मानिसहरुमाथि ट्रम्प राष्ट्रपति बन्नु अघि आफूलाई नोक्सान पु¥याएको आरोप लगाएका थिए ।
राष्ट्रपतिले कैयौं पटक ‘ओबामागेट’ शब्दको प्रयोग गरेका छन् । यो निक्सन युगको वाटरगेट स्क्याण्डलसँग मिल्दोजुल्दो छ । उनको यो आरोपमा कन्जरभेटिभ कार्यकर्ता र ट्रम्पका समर्थकले यसलाई ह्यासट्यागका रुपमा प्रयोग गरेका छन् । आइतबार यो ह््यासट्याग २० लाख ट्वीट भएको छ । यो राष्ट्रपति ट्रम्पको सामाजिक सन्जालमा शक्तिको एक उदाहरण हो । पहिले यो ह्यासट्यागको प्रयोग केही कट्टर दक्षिणपन्थी समूहमा केही समयको लागि मात्र भयो । यो ह्यासट्यागमा ठूलो उछाल अमेरिकामा आइतबार देखियो र ८६ प्रतिशत प्रयोग रीट्वीटमा थियो । यसबाट यो प्रष्ट हुन्छ कि यो अभियान निकै सामजस्य अपनाएर गरिएको छ । जबकी यसमा कुनै किसिमको प्राविधिक डिभाइसको प्रयोगको प्रमाण भेटिएन ।
फ्लिनका विरुद्ध लगाइएको आरोप हटाउने निर्णय अमेरिकी सरकारका एक वकिलले गरेका थिए, जसलाई अटर्नी जनरल बिल बारले अभियोगपत्रको समीक्षाका लागि नियुक्त गरिएको थियो । ‘किनकी फ्लिन र उनको रुसी सम्पर्कलाई लिएर एफबीआईको अनुसन्धानमा कुनै आधार भेटिएन । प्mिनलाई यसबारेमा झूटो बोलेको मामलामा अभियुक्त बनाउन सकिँदैन ।’ बिलले भनेका छन् । फ्लिनलाई एफबीआईको काउन्टर इन्टेलिजेन्स इक्न्वायरीमा सहभागी गराइएको थियो, जो मार्च २०१६ मा सकियो । तर उनले ट्रम्पको चुनावपछि रुसी राजदुत सर्गेय किसलायकसँग अमेरिकी प्रतिबन्धको बारेमा चर्चा गरेको खबरलाई अस्वीकार गरेका छन् ।