समुन्द्रको पानीमा निर्भर साउदी अरब

रियाद(एजेन्सी) । साउदी अरब त्यो देश हो, जहाँको जमिन बलौटे छ । यहाँ तेलको उत्पादन हुन्छ, जसकारण यो देश धनी देशको रुपमा चिनिन्छ । यद्यपि साउदी अरबमा पानीको कमी छ । यहाँ न त एउटा नदी छ न त झरना नै । यहाँ कुवा भए पनि त्यहाँ पानी छैन । साउदी अरबले पानी कहाँबाट ल्याउँछ, यो आम चासोको विषय हो ।

यो देशमा एक प्रतिशत मात्र जमिन खेतीयोग्य छ, धान र गहुँ फसलका लागि अधिक पानी चाहिन्छ । त्यसकारण केही मात्रामा मात्र सब्जी खेती गरिन्छ । साउदी आफ्नो खानपिनको सबै सामान विदेशबाटै ल्याउँछ । साउदी अरबसँग थोरै मात्र पानी बचेको छ र त्यो पनि जमिनभन्दा धेरै तल छ । एक रिपोर्ट अनुसार केही वर्षपछि त्यो पानी पनि सकिनेछ । साउदीमा आवादी बढ्नु भन्दा अघि यहाँका मानिसहरु कुवाको पानीमा आश्रित थिए । तर अहिले त्यो सम्भव छैन ।

यो देशमा वर्षमा एकदुई पटक मात्र पानी पर्छ । यस्तो अवस्थामा वर्षाको पानी प्रयोग गर्न सम्भव हुँदैन । यहाँका मानिसहरु समुन्द्रको पानीलाई पिउन लायक बनाउछन् । समुन्द्रको पानीमा अधिकमात्रामा नून हुन्छ । तर त्यसलाई डिसालिनेशन गरेर नूनलाई अलग्याईन्छ । त्यसपछि मात्र पानीलाई पिउनका लागि प्रयोग गरिन्छ ।

साउदी अरब तेलबाट कमाएको पैसाको एक हिस्सा समुन्द्रको पानीबाट नून छुट्याउनमै खर्च गर्छ । सन् २००९ मा एक क्युबिक मीटर पानीबाट नून निकाल्न साउदीले १ दशमलब ६७ साउदी रियाल खर्च गर्ने गरेको रिपोर्ट आएको थियो । त्यस्तै सन् २०११ मा साउदीका तत्कालीन जलमन्त्रीले देशमा हरेक वर्ष पानीको माग ७ प्रतिशतले बढ्ने गरेको बताएका थिए ।