बडीगार्डसँग डेटिङमा जोली

लसएन्जल्स(एजेन्सी) । हलिउडका कलाकार ब्राड पिट र एन्जेलिना जोली एक समय हलिउडकी ड्रीम जोडीका रुपमा चिनिन्थे । जेनिफर एनिस्टनसँग सम्बन्धविच्छेद गरेपछि ब्राड र एन्जेलिना नजिकिए र सन् २०१६ मा विवाह गर्ने निर्णय लिए । एक समयमा जोकोहीले पनि अभिनेता अभिनेत्रीको कुरा गर्दा यो जोडीको नाम छुट्दैन थियो । तर विवाहको दुई वर्षपछि यो जोडी अलग्गिने निर्णय लिए । उनीहरुको यो निर्णयले फ्यानलाई निकै दुःखी बनायो ।

जोलीबाट अलग्गिएपछि ब्राडको नाम धेरै कलाकारसँग जोडियो र यो श्रृंखला अझै केही समयसम्म जारी रहने अनुमान गरिएको छ । यो मामलामा जोली सिंगल नै थिइन् । तर उनको त्यो सिंगल मौनता अब तोडिएको अनुमान गरिएको छ ।

हालै मात्र जोलीले आफ्नो जिन्दगीबाट अगाडि बढ्ने निर्णय लिएकी छन् । जसका लागि उनले नयाँ प्रेमीको खोजी गरिरहेकी छन् । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनी यतिबेला आफ्नै बडीगार्डसँग डेट गरिरहेकी छन् । बडीगार्डसँग उनको निकटता गत वर्षदेखिको हो । जोलीको विषयमा आएको यो समाचारप्रति ब्राड खुशी छैनन् ।

जोलीको आफ्नो हेण्डसम बडीगार्डसँग साँच्चै प्रेम बसिसकेको छ । उनीहरु अब अलग्गिन चाहँदैनन् । बडीगार्डले जोलीका सबै सन्तानसँग भेट गरिसकेका छन् । बच्चाहरु पनि आमाको नयाँ साथीलाई भेट्न पाउदा खुशी छन् ।