हजुर खोज्दै गायिका मिलन

काठमाडौं । संगीतकार डीआर अटुको संगीतमा गायिका मिलन नेवारको स्वरमा रहेको गजल ‘कहाँ जानु भो हजुर’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गंगा पौडेलको शब्द रहेको गजलमा युुगल जोडी बिचको प्रेमका रागहरुलाई भेटन सकिन्छ । आफ्नी मायालु हराउदाको पललाई गजलमा ब्यक्त गरिएको छ । सहयात्रा एल्बममा समावेश भएको गजललाई डि आर अटुले आफनो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।