भ्वाइस अफ नेपालकी मेचुलाई कसले फसायो ?

काठमाडौं । द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालको भ्वाइसको सफल यात्रा पछिको पहिलो गीत ‘फसायौनी मिठो बोलेर’को भिडियो सार्वजनिक भएको छ । लोकभाकामा बनेको यो उनको पहिलो एकल गीतको म्युजिक भिडियो हो ।

भिडियोमा गायिका मेचु आफैले अभिनय अनि नृत्य गरेकी छिन । भिडियोमा मोडल सुजन मार्फा तामाङ पनि फिचर्ड छन् । मगर समुदायले कान राहा (हामी आयौं) बाट अपभ्रंश भई कौरा भएको भन्ने मानिन्छ ।

लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन छ । प्रविन भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।