चौबन्दीमा आए रमेश

काठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘चौबन्दी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतलाई गायक रमेशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

बसन्त राईको शब्द तथा गायक रमेशकै संगीत रहेको गीतको भिडियोमा विकास खड्का र अञ्जना तामाङ फिचर्ड छन् । विकास खड्काकै निर्देशन रहेको भिडियोमा अनुज ढकालको छायांकन छ ।