घाँसे गीतमा तिम्रा दुई बहिनीलाई

काठमाडौं । गाउँघर, मेलापात, जात्रा जाँदा सुख, दुःख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घाँसे भाका । यस्तै ‘तिम्रा दुई बहिनीलाई’ भाकाको घाँसे गीत सार्वजनिक भएको छ ।

यादव श्रेष्ठको शब्द संकलन रहेको गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातीको स्वर छ । गीतमा विक्रमजंग शाहको लय संकलन छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

डिएआर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले ‘लाग्यो असार’ गीत सार्वजनिक गरेको थियो ।