किन अतालिन्छ शिवको मन ?

काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘अतालिन्छ यो मन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको गीतमा शब्द कवि तथा गीतकार विक्रम साम्पाङको र संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । गीतमा संगीत संयोजन विश्व अधिकारीको छ ।

भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठ फिचर्ड छन् । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोमा देवजंग थापाको निर्देशन छ । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियो डस म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका ‘गर्व लाग्छ’ र ‘महसुस’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । अमेरिकामा फिल्म निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानलसमेत चलाइरहेका छन् ।