राजु र रिताको बाझो खेतैमा

काठमाडौं । गायक राजु बिरही र गायिका रिता बुढाथोकीको स्वरमा रहेको ‘बाझो खेतैमा’को भिडियो सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीतमा कुमार लामा र रामकुमार बुलुन प्रस्तुतकर्ता छन् ।

मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ गीतमा राजु विरहीको शब्द तथा लय सिर्जना, संजय श्रीपालको एरेन्ज छ ।

भिडियोमा मरुभुमी नारायणको छायांकन तथा रोशन धितालको सम्पादन र राजु विरहीको निर्देशन छ । भिडियोमा मोडल आयुष्मा कार्की तथा कुमार लामा फिचर्ड छन् ।