सरिताले बजाइन् छमछम पाउजु

काठमाडौं । गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ तीज भाका ‘छमछम पाउजु’बजारमा ल्याएका छन् । गीतमा सुवर्णको शब्द र संगीत पनि छ ।यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका सुवर्णले नै तयार गरेका हुन् । यसपटकको कोरोना संक्रमणबाट आफूहरूलाई सुरक्षित राख्दै र अहिलेको तनाव मुक्त गर्न यो गीतबाट अनुरोध गरिएको छ ।

दर्जनांै चलचित्र र करिब ५ सय अभिनय गरिसकेका अभिनेता राहुल श्रेष्ठको यो गीतमा अभिनय र नृत्य रहेको छ । गायिका, मोडल एवं ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारती र राहुल यो गीतमा जोडी बनेर प्रस्तुत भएका छन् । यी जोडीको नृत्य र अभिनयलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी छबी थापामगरले गरेका हुन् । जसमा मोहनिष श्रेष्ठको छायांकन रहेको छ । गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युब च्यानलबाट रिलिज गरिएको छ ।