भीष्मको सांगीतिक कस्तो भाइरस आयो ?

काठमाडौं । गत हप्तामात्र आमा सम्बन्धी गीत सार्वजनिक गरेका युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित ‘कस्तो भाइरस आयो ?’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । संसारभर फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतमा संगीत तथा स्वर रामकुमार बस्नेतको रहेको छ भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ ।

फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरेको छ ।

भिडियोमा सुरवीर पण्डित, दिनेश केसी, सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्डबहादुर अधिकारी, योग गुरु सुदन भेटवाल, हेमांगराज गिरी र लेखक भीष्मराज फुलारा स्वयंलाई देख्न सकिन्छ ।

लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त भिडियोको छायांकन वीरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका हुन भने स्वरांकन गणेश सुवेदीले गरेका छन् ।