टाइगर ३ को बजेट तीन सय करोड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान आगामी फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’, ‘गन्स अफ नर्थ’ र ‘कभी इद कभी दिवाली’ जस्ता फिल्ममा व्यस्त छन् । यही माहौलमा उनी अर्को फिल्मको तयारी गरिरहेका छन् ।

समाचार अनुसार सलमान ब्लकब्लष्टर फ्रेन्चाइजी ‘एक था टाइगर’को तेस्रो सिरिजको तयारी गरिरहेका छन् । उनी पुनः एकपटक यशराज फिल्मस्को एक्सन पेक्ड फिल्म ‘टाइगर ३’मा जोडिन लागेका हुन् । फिल्ममा मनिष शर्माको निर्देशन हुनेछ । फिल्मका लागि निर्माता आदित्य चोपडा र सलमान अलग किसिमले तयारी गरिरहेका छन् ।

‘टाइगर ३ बनाउनका लागि निर्माताले २ सय देखि २ सय २५ करोड रुपैयाँको बजेट बनाएका छन् । कुनै पनि हिन्दी फिल्मको लागि यो बजेट धेरै ठूलो हो । यसबाहेक फिल्मको प्रचारप्रसार लगायतका काममा ७५ करोडसम्म खर्च हुनेछ’, फिल्मको विश्वस्त स्रोतले भन्यो ।

फिल्मको सबै खर्च जोड्दा फिल्मको लागत करिब ३ सय ५० करोड पुग्नेछ । निर्मातालाई यसपटक चार सय करोड क्लब पार गर्नुपर्ने भएकाले पनि उनीहरुले पैसा खर्च गर्ने मामलामा केही चिन्ता लिएका छैनन् । फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा ३ सय ३९ दशमलब १६ करोडको कमाई गरेको थियो । फिल्मको बजेट सलमानको पारिश्रमिक नजोड्दा १ सय ५० करोड रुपैयाँ थियो भने ‘एक था टाइगर’को बजेट ६० करोड थियो ।

‘टाइगर ३’ फिल्म विश्वको ६ देखि ७ देशमा छायांकन गरिनेछ । फिल्मको स्टन्टका लागि अन्तर्राष्ट्रिय स्टन्ट टिम तयार पारिनेछ । यशराज फिल्मस् विगत दुई वर्षदेखि स्क्रिप्टको काम गरिरहेको छ । फिल्मलाई अली अब्बास जफर वा कबीर खानमध्ये कसैले निर्देशन गर्नेछन् । तर आदित्य र सलमान भने नयाँ निर्देशकलाई लिन चाहेका छन् ।