फूटबलमा अफ साइड वेब सिरिज

काठमाडौं । कोरोना महामारीको बिचमा फूटबल खेलसँग सम्बन्धित रहेर वेब सिरिज ‘अफ साइड’निर्माण गरिएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज युट्युबमार्फत सार्वजनिक भईरहेको छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशन तथा सम्पादन गरेको सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, संजय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ ।

सुगन तण्डुकारको कार्यकारी निर्माण तथा परिकल्पना रहेको सिरिजमा काजी लिम्बुको कथा, सम्राट बस्नेतको द्वन्द्व, डोलेन्द्र कटुवालको छायांकन रहेको छ । अहिलेको समयमा फूटबल खेलाडीको समस्यालाई कमेडी तथा व्यंग्यात्मक रुपमा निर्देशकले देखाउन खोजेका छन ।

संजिल लामा, जितेन्द्र कार्की र समाइरा तन्डुकार निर्माता रहेको सिरिज अफ साइड नामक यु ट्युब च्यानल मार्फत प्रत्येक बिहिबार सांझ ४ बजे सार्वजनिक भई रहेको छ । पहिलो सिजन अन्तर्गत सिरिज १२ भाग निर्माण गर्ने र भविष्यमा यस्तै विषयमा फिचर फिल्मसमेत निर्माण गरिने कार्यकारी निर्माता सुगन तन्डुकारले बताए ।