मनिका टिकटक तिज क्विन

इटहरी । डिथ्री अनलाइनले सञ्चालन गरिरहेको परिकला मिडियाले कोरोना त्रासबीच आयोजना गरेको ‘टिकटक तिज क्विन २०७७’मा मनिका बोहोरा विजयी भएकी छन् । प्रतियोगितामा एलिशा क्षेत्री फस्र्ट रनरअप र सिर्जना पोख्रेल सेकेण्ड रनरअप भए । प्रतियोगितामा बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल इजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङ रश्मिता श्रेष्ठले जिते ।

त्यस्तै जन्मजात अपांग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहेकी हेटौडाकी देवी ढुङेलको स्वइच्छाले प्रतियोगितामा सहभागिता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २५ सय नगद प्रोत्साहन पुरस्कार स्वरुप दिने घोषणा समेत भएको छ ।

प्रतियोगिताको विजेताले १० हजार नगद, फस्र्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाएका छन् ।