डाँडा पारी गाउँमा प्रेमिकाको सम्झना

काठमाडौं । गायक राजेश सापकोटाको स्वरमा रहेको ‘डाँडा पारी गाउँमा’ गीतको म्यूजिक भिडियो द बोस टिभि नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा सोहन मानन्धरको शब्द तथा संगीत छ ।

देव धिमालको निर्देशनमा तयार भएको भिडियोमा देशको रक्षामा आफ्नो जिउ ज्यानको बलिदान गर्ने सुरक्षाकर्मीहरुले आफ्नो मायालुलाई जीवनको सुनौलो मायामा रमाउनको लागि गरेको आग्रह देखाइएको छ ।

भिडियोमा सन्तोष लामा, बबिता तामाङ, सरोज शाही, अर्जुन थापा, बरुण थापा, दिपेश लामा, दिनेश सुनुवार, विवेक थोकर र दिवा लामाको अभिनय छ । भिडियोमा रोशन लुइटेलको छायांकन, विजयराज भुर्तेलको सम्पादन छ ।