सीतासँग ब्रबिमको ज्यानै हाजिर भो

काठमाडौं । गायक ब्रबिम शेर्मा चेसुङ र गायिका सीता सिंगकको स्वरमा रहेको ‘ज्यानै हाजिर भो’ (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन, सेवा रेकर्डिङ स्टुडियोका मुस्कान मुकारुङको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ छ ।

थैली इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा ब्रबिम शेर्मा, इक्सा मादेन र पुष्पा लिम्बुको अभिनय छ । भिडियोमा लिम्बु समुदायको संस्कार र संस्कृतिलाई देखाइएको छ । भिडियो ओरिजिन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन र अनिल रानाको सम्पादन छ ।