अम्गाईको गीतमा परदेशको सन्देश

काठमाडौं । गीतकार ध्रुवप्रसाद अम्गाईको गीत ‘तिमीलाई सन्देश’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको संगीत संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर छ ।

भिडियोमा गायक हेमन्त र रेनु पुन मगर फिचर्ड छन् । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निश्चल पौडेलको छायांकन र विकाश दाहालको सम्पादन छ । गीतमा परदेशी युवकले दशैं–तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त गरिएको छ ।

गीतकार अम्गाई लामो समयदेखि गीत संगीतमा सक्रिय छन् । उनका केही गीतहरु सार्वजनिक हुने तयारीमा छन् ।