सलोनको दुलही बनिन् स्मिता !

काठमाडौं । गायिका स्मिता दाहाल अभिनेता सलोन बस्नेतको दुलही बनेकी छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसमेत रहेकी स्मिताले सलोनसँग वास्तविक जीवनमा लगनगाँठो कसेकी भने होइन । सलोनले आफ्नै प्रोडक्सन हाउस प्रफेक्ट प्लानबाट निर्माण गरेको नयाँ म्यूजिक भिडियोमा सलोन र स्मितालाई दुलाहादुलहीको रुपमा देखिन लागिएको हो ।

सार्वजनिक हुन लागेको गीतमा गायिका स्मिता दाहालको स्वर रहेको छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ ।

भिडियोमा संकल भुजेलको छायांकन, आर्जु बैजुको कोरियोग्राफी र वनिश शाहको सम्पादन छ । भिडियो चाँडै नै रिलिज हुनेछ ।