प्रजितको आहै चचहुइमा दशैं र तिहार

काठमाडौं । गायक तथा संगीतकार प्रजित श्रेष्ठको दशैं गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैं र तिहारको रमाइलो भावलाई समेटेर तयार पारिएको गीतमा शब्द र संगीत गायक प्रजितकै छ ।

भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियो अस्ट्रेलियामा खिचिएको हो ।

भिडियोमा प्रजित श्रेष्ठ र आदित्य जेबी राणाको निर्देशन, प्रजितकै निर्माण, आदित्यको छायांकन, आदित्य र प्रजितकै सम्पादन छ । भिडियो श्रेष्ठकै अफिसिएल च्यानल प्रजित श्रेष्ठ मार्फत सार्वजनिक गरिएको छ ।