सरिता र श्रीदेवलाई यसपालीको दशैं कस्तो ?

काठमाडौं । गायिका सरिता भारती र गायक हेम श्रेष्ठको स्वरमा रहेको गीत ‘यसपालीको दशैं’ को भिडियो सार्वजनिक भएको छ । यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको भिडियोलाई हामी सबैको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो दोहोरी भाकाको लय सँकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् ।  गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ । उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन् ।

आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।  यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् ।