नेपाल भाषा गीतमा पियाच्वने

काठमाडौं । गायक सुमन बज्राचार्यको स्वरमा रहेको नेपाल भाषाको नयाँ गीत ‘पियाच्वने’को भिडियो सार्वजनिक भएको छ । नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गीत बजारमा आएको हो । गीतमा ज्ञानु मुनी शाक्यको संगीत तथा शब्द रहेको छ ।

भिडियोमा सरिता बज्राचार्य, रिकेश कस्ती, सुमन बज्राचार्य, मन्जिल शाक्इ, सुजित नापित, जेनेन राज शाक्य, कृष्ण महर्जन, हस्ना महर्जन, रुक्सना महर्जन र रेजिना बज्राचार्य फिचर्ड छन् ।

भिडियोमा अभिषेक शाक्यको छायांकन, राजिप बज्राचार्यको कोरियोग्राफी, बिजनराज शाक्यको सम्पादन र विश्वास बज्राचार्यको निर्देशन छ ।