कल्पनाको सांगीतिक जापान कोरिया

काठमाडौं । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ । विदेश गएका नेपाली युवाहरु स्वदेश फर्केर आफ्नै मातृभूमिमा केही गर्न उत्प्रेरणा दिने गीत ‘जापान कोरिया…’ बोलको गीत सार्वजनिक भएको हो । गीतलाई बबिना किरातीले गाएकी हुन् ।

गीतको संगीत तथा एरेन्ज अष्ट लामाले गरेका हुन् । होटल ग्रीनपार्क रेष्टुरेण्ट बार तथा पार्टी भेन्युमा छायांकन गरिएको भिडियोमा सन्दिप राईको छायांकन, सम्पादन र निर्देशन छ । गीत मेरी आमा च्यानलमाफर्त हेर्न र सुन्न सकिन्छ ।