प्रमोदको सांगीतिक ए कान्छी

काठमाडौं । गायक प्रमोद महतको स्वरमा रहेको गीत ‘ए कान्छी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद महत तथा सुजन खुलालको शब्द र पुस्कर सुनुवारको संगीत छ ।

सबिन अधिकारीको निर्देशन र जुनु बिकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमु गुरुङको अभिनय रहेको छ ।

सौर्यल थापाको प्रस्तुति रहेको गीतको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने निर्माण धनन्जय महत र प्रमोद महतले गरेका हुन् ।