नेले बजारमा रमाए शान्ता र दिनेश

काठमाडौं । गायिका शान्ता खत्रीको स्वरमा रहेको लोक दोहोरी गीत ‘नेले बजार’ को भिडियो सार्वजनिक भएको छ । शान्तालाई स्वरमा गायक रामजी खाँडले साथ दिएका छन् । गीतमा शान्ताकै शब्द, रिमेश कुमारको संगीत, विजय थापाको एरेन्ज र कृष्ण बाजुरालीको मिक्सिङ छ ।

लिङ्गेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रीको अभिनय रहेको छ । भिडियोमा उर्मिला लामाको श्रृंगार, लिङ्गेस भट्टराईको सम्पादन, अनिलको ड्रोन, नमराज घिमिरेको नमराज घिमिरे र आधुनिक राजको सहायक निर्देशन छ ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।