स्वरुपसँग दीपाको बिहानीको झुल्के घाम झैं

काठमाडौं । गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत ‘बिहानीको झुल्के घाम झैँ’ बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा भरत लोहोरुङको शब्द, डीआर अटुको संगीत र राजु कार्कीको एरेन्ज छ ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय छ । भिडियोमा सुल्तान यिथिङ्गोको छायांकन निर्देशन र सम्पादन छ ।