प्रेमकथामा अर्जुनको गोठालो

काठमाडौं । अमेरिकालाई कर्म थलो बनाउँदै आएका गायक अर्जुन बोसेलले प्रेमकथामा आधारित गीत ‘गोठालो’को भिडियो दर्शकमाझ ल्याएका छन् । गीतमा बोसेलकै शब्द र संगीत छ ।

देवेन्द्र बब्बुले निर्देशन गरेको भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली, सुनिता घिमिरे, प्रिति तामाङ, सुदिक्षा थकालीलगायत फिचर्ड छन् ।

भिडियोमा प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई उतारिएको छ । सधैं नभए पनि कहिलेकाही सँगै मर्ने र सँगै बाच्ने कसम पूरा भएको कथा गीतमा उनिएको छ । भिडियोमा प्रविन भट्टको सम्पादन, सुरज श्रेष्ठ र दोर्जे लामाको द्वन्द्व, अनीकृष्ण मानन्धरको छायांकन छ ।

यसअघि गायक बसेलले ‘आँखाको भाकाले’, ‘सम्झनाले मन हास्ने’, ‘मेरो नेपाल’, ‘बगेको खोली’, आमालाई सम्झेर’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनले केही गीलाई भने नेपाली र स्पेनिस्, नेपाली र अंग्रेजी भाषा मिलाएर पनि गीत रेकर्ड गराएका छन् ।