बुढीको कचकचमा मदिरा पीडा

काठमाडौं । गायिका एलिना चौहान र गायक भरत भट्टको स्वरमा रहेको ‘बुढीको कचकच’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सपना बानिया र भरत भट्टको शब्द तथा सपना बानियाको संगीत र केबी भण्डारीको एरेन्ज छ ।

भिडियोमा काम गर्न जाने बहानामा बेलुका मदिराले बुढा मातेर आएपछि उसको श्रीमतिले पोख्ने पीडालाई देखाइएको छ । भिडियोमा राज र सोफिया बज्राचार्य फिचर्ड छन् । भिडियोमा शशी शेखर बुढाथोकी, सुनिल जिम्बा, मिश्राा काफ्ले, सहदेव रानाभाट, साबित्री मगर, ममता घर्ती मगर, अन्जु त्रिपाठी, नवराज दाहाल, सुकदेव थपलिया, दिनेश रानाभाट, प्रजुन रानाभाट र सदिक्षा गिरी फिचर्ड छन् ।

आदित्य बुढाथोकी निर्देशित भिडियोमा मुकेश हुमागाईको छायांकन, पदम सुवेदीको सम्पादन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।