अस्मिता र आशिषको एउटा मान्छे

काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत ‘एउटा मान्छे’ सार्वजनिक भएको छ । गीतमा क्षितिज पारी झापालीको शब्द तथा विनय कार्कीको एरेन्ज र संगीत, जीवन बडुको मिक्सिङ रहेको छ ।

भिडियोमा राजेश राउत र मनिषा पन्तको अभिनय छ । विइङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागी विवाहको मायापिरतीको कथा भिडियोमा देखाउन खोजिएको छ ।