भट्टीवालीमा दुर्गेश र रियाशा

काठमाडौं । मोडलद्वय दुर्गेश थापा र रियाशा दाहाल फिचर्ड गीत ‘भट्टीवाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर र जगत तिरुवाको र्याप समावेश छ । गीतमा रामकृष्ण महराको शब्द, सिद्धान्त परियारको संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र जीवन शाहीको निर्देशन छ ।

गोविन्दप्रसाद साह उत्पादक रहेको भिडियो ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।