काठमाडौ । भगवान र मानिसबीचको फरक देखाउने कथावस्तुमा फिल्म ‘गणपति’ बन्ने भएको छ । निर्देशक सविन अधिकारीको निर्देशनमा बन्ने फिल्म माघ २ गतेबाट छायांकनमा जानेछ । निर्देशक अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी हुनेछ ।
अ बिग म्यान फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा फिल्म ‘बुलबुल’मा ‘चोपेन्द्र’को भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार मुकुन भुषाल शीर्ष भूमिकामा हुनेछन् । फिल्ममा उनीबाहेक मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेको छायांकन हुनेछ ।
विक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् । फिल्ममा गोविन्द शाहीको वितरण हुनेछ ।
फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुको स्वर रहनेछ । स्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ ।