प्रियंकाद्वारा लकडाउनको नियम उल्लंघन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना पति निक जोनासका साथ लण्डनमा छिन् । कोरोना भाइरसका कारण लागु गरिएको लकडाउनका कारण यो जोडी लण्डनमा फँसेको छ । हालैमात्र जोश वुडको स्टाइलिस सैलूनमा आफ्नो आमा मधु चोपडाका साथ लकडाउनको नियम उल्लंघन गर्दै पुगेकी छन् । यद्यपि प्रियंका र जोश वुडमा कुनै जरिवाना गरिएन ।

‘प्रहरीलाई साँझ ५ः४० मा हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गर्दै गरेको खबर आयो । हामी त्यहाँ पुगेर सैलूनका मालिकलाई कोरोना १९सँग सम्बन्धित सबै नियमको पालना गर्न निर्देशन दियौं । उनीमाथि कुनै जरिवाना लगाइएन’, प्रहरीले भनेको छ ।

गत सोमबारमात्र प्रधानमन्त्री बोरिस जोनसननले यूकेमा लकडाउनको घोषणा गरेका छन् । प्रियंका घर बाहिर निस्किएपछि उनले नियमको उल्लंघन गरेको बताइएको छ । प्रियंका बुधबारमात्र सेतो रंगको सुट लगाएर सैलून पुगेकी थिइन् । ब्रिटेनमा हेयर, ब्यूटी, नेल, सलून, ट्याटू पार्लर, स्पा, मसाज पार्लरलगायतका पसल बन्द गरिएको छ ।