मोबाइल प्रयोग नगर्ने आमिरको घोषणा

मुम्बई(एजेन्सी) । वर्तमान डिजिटल युगमा जोकोही मानिस पनि हरेक मिनेटमा आफ्नो मोबाइल हेरिरहेका हुन्छन् । किनकी मोबाइल बिना जोकोहीलाई बाँच्न गाह्रो बनिसकेको छ । तर अभिनेता आमिर खान भने यो मामलामा अलिक फरक छन् । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिरले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को रिलिजसम्म आफ्नो मोबाइल बन्द गर्ने निर्णय लिएका छन् ।

यी अभिनेताले आफ्नो दैनिक काम र निजी जीवनमा मोबाइलले अवरोध गर्न थालेपछि यसलाई केही समयका लागि बन्द गर्ने निर्णयमा पुगेका हुन् । आमिर कुनै पनि भूमिकामा आफूलाई ढाल्न पोख्त अभिनेता मानिन्छन् । उनी आफ्ना हरेक काममा आफूलाई पूर्ण रुपमा समर्पण गर्दछन् । फिल्म ‘लाल सिंह चड्डा’को पोस्ट प्रोडक्सनमा असर नपरोस् भनेर उनले यो निर्णय लिएका हुन् ।

वर्षकै बहुप्रतिक्षित मानिएको यो फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा करिना कपूर खान छिन् ।