नयाँ द फेसको खोजी

काठमाडौं । मोडलिङ क्षेत्रमा व्यावसायिक मोडल भित्र्याउने उद्देश्यका साथ मोडलिङ प्रतियोगिता ‘द फेस’ को फिनाले आगामी शनिबार हुँदैछ । ललितपुरका झम्सिखेलमा हुने फिनाले २६ जना युवायुवतीहरु प्रतिष्पर्धी छन् । काठमाडौका विभिन्न फेशन इनिष्टिच्युट र बुटिकले तयार पारेका डिजाइनहरुमा सजिएर प्रतिष्पर्धीले बिरालो चाल चाल्नेछन् ।

प्रतिष्पर्धामा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ति चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् । प्रतियोगितामा सुशील चौधरी, बिना महर्जन, निर्मला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठ पनि प्रतिष्पर्धी छन् ।

प्रतिष्पर्धीहरुलाई मोडल तथा कोरियोग्राफर सिर्जना रेग्मीले विभिन्न प्रशिक्षण दिइरहेकी छन् । आयोजक यु क्यान फ्लाई(युसिएफ) का कार्यक्रम संयोजक समीक्षा हुमागाईंका अनुसार विजेताले विभिन्न उत्पादनमा मोडलिङ, ¥याम्प शोसहित विभिन्न अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागीहरुले ‘फिजिक राउन्ड’अन्तर्गत फरेनहाईट क्लबमा आफ्नो फिजिक शोअप गरेका छन् । जसमा पुरुषतर्फ युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी छनोट भएका छन् भने महिलातर्फ कृपा अधिकारी, स्विकृति प्याकुरेल र क्रान्ति चन्द छानिएका छन् ।