कृष्णभक्तको भुलेछु म

काठमाडौं । गायक कृष्णभक्त राईको स्वरमा रहेको ‘भुलेछु म’को भिडियो सार्वजनिक भएको छ । गीतमा परदेशमा रहेका आम नेपाली युवायुवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई समेटिएको छ । गीतमा क्रान्ति सुब्बाको शब्द तथा कृष्णभक्तकै संगीत र एरेन्ज छ ।

गीतकार सुब्बाले आफनो देशको हरेक सम्पदा र मातृभूमिको यादलाई स्मरण स्वरुप गीत लेख्ने कोशिस गरेको बताए । भिडियोमा सुशील डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन छ ।