घर–घरमा खाना पुर्याउदै ज्योति मगर

काठमाडौं । गायिका ज्योति मगर अब खाना डेभिलरी गर्ल बनेकी छन् । मोडल क्रिस्टिना थापाले लकडाउनमा सञ्चालनमा ल्याएको फुडगन्जमार्फत उनले शनिबार घरघरमा खाना पु¥याएकी हुन् ।

फुडगन्जले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पु¥याउने गरेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन् । उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पु¥याइनेछ । ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।

शनिवार फुडगन्जको डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर ज्योति ग्राहकको घरसम्मै पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु छक्क परेका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् ।

‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् ।