काठमाडौं । अभिनेत्री बसुन्धरा भुषालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषलाई ३ लाख २० हजार बढी रकम हस्तान्तरण गरेकी छन् । कोषकी संयोजकसमेत रहेकी भुषालले हालै अमेरिका भ्रमणमा क्रममा जुटेको चार लाख बढी रकममध्ये उक्त रकम कोषमा हस्तान्तरण गरेकी हुन् ।
बुधवार भुषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्रप्रसाद साँखीलाई उक्त रकम प्रदान गरिन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसँग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बितिकै बोर्डलाई हस्तान्तरण गरेकी हुन् ।
अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाखतीनहजार दुई सय, कलाकार पुजाआर लामा र राजु लामाबाट २४ हजार एक सय बिस,कलाकार साराङ्गाश्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिताअधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जनाशर्माबाट १२ हजार एक सय बिस,कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस,कलाकार राधाशर्मा (भाव)बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिवासीप्रकाशशर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, सदिक्षाअधिकारीबाट ७हजार दुई सय, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलनभएको थियो ।
यसमा नपुग केही रकम बसुन्धरा भुषाल र चेतनारायण भुषाल परिवारले थपेका छन् । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ घोषणा गरेका छन् ।