पेपराज र सुनिताको चो?लुङ पार्क

काठमाडौं । विश्वव्यापी ‘अनलाइन पाःलाम प्रतियोगिता’मा ‘उत्कृष्ट पाःलाम चो?लुङ अवार्ड’ पाएको गीत ‘चो?लुङ पार्क’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा पेपराज माबुहाङ र सुनिता संयक लिम्बुको स्वर छ । पेशल माबुहाङको शब्द रहेको गीतमा सञ्जय तुम्बाहाम्फेको संगीत र टेकेन्द्र यक्सोको एरेन्ज छ ।

गीतमा ख्यालसहितको पूर्वेली भाका रहेको छ । गीतको अफिसियल भिडियो सुनिता संयकको च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो का प्रोडक्सनले निर्माण गरेको हो ।