काठमाडौं । बुहारी र छोरी बराबर हुन् भन्ने सन्देश बोकेको गीत ‘जसलाई मैले’ सार्वजनिक भएको छ ।
गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।
गीतले बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने पनि सन्देश दिएको छ ।
समन अधिकारी निर्देशित भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।
फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ ।