घमेश र आभाको सन्देशमूलक मास्क खै

काठमाडौं । गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमुलक गीत ‘मास्क खै’ डिएआरमुभिज एण्ड फिल्म्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीमा नव–गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन् ।

गीतमार्फत विश्वभर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भीडभाडमा नजाऔ भन्ने सन्देश दिइएको छ ।

गायक तथा संगीतकार प्रभावन जेको शब्द, संगीत, संगीत संयोजन रहेको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो । गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

भिडियोमा दीपा गौतम, दीपेश गौतम, भमा गौतमलगायतको अभिनय छ । भिडियोमा रोनिश तामाङको छायांकन, कृष्ण गौतमको सम्पादन छ ।