विराटनगर घटनामा सर्ट फिल्म रावन

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘रावन’ सार्वजनिक भएको छ । कला राइको निर्माण रहेको फिल्ममा विराटनगरमा घटेको सत्यघटनालाई देखाइएको छ ।

बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको भिडियोमा ‘मिस कोशी’ सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बाल कलाकार युबिसा गौतमको अभिनय रहेको छ ।

फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर छ ।