आर्टिष्टको मै उत्ताउलीमा खुश्बुको आइटम

काठमाडौं । फिल्म ‘आर्टिष्ट’को ‘मै उत्ताउली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मिलन नेवारको स्वर, सूर्य दोङको शब्द, टिका बोमजनको संगीत छ । आइटम फ्लेभरको गीतमा खुश्बु न्यौपाने फिचर्ड छिन् । गीतमा सिर्र्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियो साईराम पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

टिकाध्वज थापा (रमेश)ले निमार्ण गरेको फिल्ममा जीवन शाहीको निर्देशन छ । निर्देशक शाहीले कलाकार बन्ने सपना साचेर फिल्म क्षेत्रमा आउनेहरूको कथा फिल्ममा देखाइएको छ ।

फिल्ममा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेशकुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । हरि न्यौपानेको छायांकनकोे फिल्ममा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ ।

प्रदर्शनको तयारीमा रहेको यो फिल्म विगत एक वर्षदेखि कोरोना संक्रमणका कारण सिनेमाघरमा ल्याउन नसकेको र अब केही दिनमा युट्ययुवमार्फत सार्वजनिक गरिने निर्माता रमेशले बताए ।