रविको गीतमा नेतालाई माझी औंला

काठमाडौं । गायक रवि रिमालको स्वर रहेको गीत ‘नेताज्यु तिमीलाई माझी औंला’ को भिडियो सार्वजनिक भएको छ । उनलाई स्वरमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन ।

गीतमा गायक रिमालकै शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ मास्टरिङ रहेको छ । सधैं जसो रोमान्टिक र डान्सिङ गीत गाउने गायक रविले यसपटक पृथक गीत निकालेका हुन् ।

सुमनकुमार श्रेष्ठको छांयाकन रहेको भिडियोमा फराज अर्पनको सम्पादन छ । भिडियो डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।