धुम्रपानका कारण अलग्गिए रणदीप र नीतू !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणदीप हुड्डा अभिनयको पर्याय नै हुन् भन्दा फरक नपर्ला । किनकी उनको अभिनयबाट जोकोही प्रभावित छन् । अभिनेत्री नीतू चन्द्रासँग उनको विवाहको तयारी हुँदाहुँदै रणदीप र नीतू अहिले अलग भइसकेका छन् । उनीहरु अलग हुने कारण हो–धुम्रपान ।

नीतूले हिन्दीका अलावा तमिल, तेलुगू र भोजपुरी फिल्ममा पनि अभिनय गरेकी छन् । उनले आइतबार ३७ औं जन्मदिन मनाउदैछिन् । उनको जन्म सन् १९८४ मा भएको हो । नीतू आफ्नो अफेयरका कारण प्राय चर्चामा आइरहन्छिन् ।

नीतूको अफेयर रणदीपसँग पनि भएको थियो । दुवै कैयौं स्थानमा सँगै देखिन्थे र एकअर्काप्रति खुबै इञ्जोय गर्थे । निकै लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाहको तयारीमा थिए । तर विवाह हुन नपाउदै यो जोडी अलग्गिए ।

रणदीप चुरोटको अम्मली हुन् । त्यहीकारण पनि ब्रेकअपको बहाना धुम्रपान बन्यो । समाचारअनुसार रणदीप धुम्रपान गरेपछि नीतूलाई चुम्बन गर्थे । जुन कुरा नीतुलाई मनपरेको थिएन ।

नीतूले कैयौंपटक रणदीपलाई धुम्रपान गर्नबाट रोक्न पनि खोजिन् । तर उनी असफल भइन् । नीतूले बलिउडमा फिल्म ‘गरम मसाला’बाट डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘ट्राफिक सिग्नल’, ‘१२बी’, ‘अपार्टमेन्ट’ र ‘नो प्रोब्लम’ जस्ता फिल्ममा काम गरिन् । उनले भोजपुरी फिल्म ‘देशवा’ निर्माण गरेकी छन् ।