काठमाडौं । हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’मा ‘चम्सुरी’को भूमिकामा अभिनय गर्ने लोकप्रिय कलाकार पल्पसा डंगोलको मृगौलामा समस्या देखिएको छ । यहीकारण उनी केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी छन् ।
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ‘केही समयदेखि उहाँले डायोलोसिस गरे पनि अहिले भने मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन्’, दीपाश्रीले भनिन् ।
विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।