भिडियो निर्देशनमा फर्किइन् दीपिका

काठमाडौं । म्युजिक भिडियो मोडलिङ, निर्देशन एवं टेलिफिल्मकी अभिनेत्री तथा मोडल दीपिका भट्ट भिडियो निर्देशनमा फर्किएकी छन् । अभिनय एवं निर्देशन दुवैमा रुची राख्ने दीपिका गीतकारसमेत हुन् ।

विभिन्न टेलिसिरियलहरुमा अभिनय गरेकी दीपिकाले आफ्नो जन्मदिनको अवसर पारेर म्यूजिक भिडियो निर्देशनमा पुनरागमन गरेकी छन् ।

दीपिकाकै शब्द रहेको गीत ‘म माया गर्छु उसलाई’को उनले भिडियो निर्देशन गरेकी हुन् । गीतमा इन्दिरा जोशीको स्वर तथा वसन्त सापकोटाको संगीत छ ।

डम्बर राईको छायांकन रहेको भिडियोमा पवित्रा भट्टराई र अर्पण दाहालको अभिनय छ । भिडियोमा पुजारी र आधुनिक युवतीको प्रेमकथालाई देखाइएको छ ।