ट्रेण्डिङमा दीपकको तिम्रै नग्मा

काठमाडौं । नायक आकाश श्रेष्ठ र प्रिन्सी तथा प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ ट्रेण्डिङको चौथो नम्बरमा आएको छ । दीपक सिलवालको शब्द र संगीतमा रहेको गीतमा स्वरुपराज आचार्यको स्वर छ । यो गीत ८ वर्ष पछि पुनः रेकर्डिङ गरिएको हो ।

माइकल चन्द निर्देशित भिडियोले छोटो समयमै ट्रेन्डिङमा स्थान जमाएको हो । मेल र फिमेल भर्सनमा तयार पारिएको गीतको भिडियोको बाँकी कथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियोमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घट्नालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केही रहस्यहरु छाडिएको छ ।

किरण कँडेलको एरेन्ज रहेको गीत आफ्नो मनको नजिकको गीत भएकाले पुन रेकर्ड गरेर बजारमा ल्याएको संगीतकार तथा गीतकार सिलवालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।