सँगैसँगैमा पुर्ण र रचना

काठमाडौं । गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सगै सँगै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशको जीवन त्यागेर आफ्नै देशमा रहेर गाउँघरमा भएको आफ्नो बाँझो जमिनलाई हराभरा बनाउन श्रीमतीसँगै बस्ने निर्णय भएको भाव सार्वजनिक गीतमा छ ।

प्रेमकृष्ण बजगाइँको शब्द र संगीत रहेको गीतमा पूर्णलाई गायिका रचना रिमालले साथ दिएकी छन् । गीतको छायांकन र निर्देशन सुमन तामाङले गरेका छन् ।

भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन् । भिडियोमा गाउँघरको रहनसहन, खेतीकिसान सबैकुरालाई अर्गानिक रुपमा प्रस्तुत गरिएको छ ।