यी हुन् तीज म्यूजिक अवार्ड विजेता

काठमाडौं । आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा आयोजित विशेष समारोहका बिच २९ विधामा उत्कृष्ट श्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको छ । नेपाली फिल्मकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायिका देविका वन्दना, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष बिष्णुप्रसाद सुबेदी, कलाकार रोशनी केसी, नायिका अनामिका चौलागाईलगायतको उपस्थिति थियो ।

विगत आठ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो । कार्यक्रममा आयोजक संस्था छायाँछवीका अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कला संस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पु¥याउने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको बताए ।

यी हुन् अवार्ड विजेता
उत्कृष्ट तीज गीत मिक्सीङ
मनोज परियारः पातली –३
उत्कृष्ट तीज गीत एरेञ्जर
राकेश सोनीः घिन घिनमादल
उत्कृष्ट तीज मौलिक गीत नवगायिका
सकुना श्रेष्ठः माइतीको आगन
उत्कृष्ट तीज गीत नवगायिका
शिलाश्मा हमालः झिलिमाई
इन्करेजमेन्ट अवार्ड
सारदा धितालः सिङ्गापुरे साडी
उत्कृष्ट तीज गीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीनाः पारी बन हरियो
उत्कृष्ट तीज गीत मोडल महिला
टीका जैशीः डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीज गीत भिडियो छायांकार
मुकेश हुमागाईः आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज मौलिक गीत भिडियो सम्पादक
बिनोद वनः आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज दोहोरी गीत भिडियो सम्पादक
राजकुमार मगरः हङ्कङ्को साडी –२
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
केशवराज भट्टः झिलिमाई
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र वसेलः यसपालीको तीजमा
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
सुमन सागर जंग केसीः जम्का भेट
उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होम गुरुङः मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङः परदेशको छोरी
उत्कृष्ट सन्देशमुलक गीत गायिका
शुष्मा शाही ठकुरीः सानी
उत्कृष्ट तीज मौलिक गीत लय
एचवि सुनारः माईतीको आगन
उत्कृष्ट तीज दोहोरी गीत लय
रमेश परियारः माईती देशैको
उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङः तारा जुन
उत्कृष्ट दोहोरी तीज गीत गायक
भुवन प्यासीः मखमली
उत्कृष्ट दोहोरी तीज गीत गायक (पब्लिकच्वाइस)
सम्राट चौलागाईः सम्झिने पानी छम्कने
उत्कृष्ट तीज गीत
दीया नेपालः पिलासे चोली
सर्वोत्कृष्ट तीज गीत
ऋतु कडेलः अलि अलि लजाउँदै
उत्कृष्ट तीज गीत गायिका
रोशनी रसाईलीः गर्छु माया गर्छु
सर्वोत्कृष्ट तीज मौलिक गीत
सुनिता दुलालः स्वामीको प्यारी
उत्कृष्ट तीज मौलिक गीत गायिका
कल्पना काफ्लेः कम्मरै ढलमल
उत्कृष्ट तीज गीत कम्पनी
शिवदर्शन फिल्मस्ः गायत्री थापा
युगल तीज गीत गायन
सोमा खत्री÷सोभा क्षत्री
जुरी अवार्ड
आमाको वेदनाः सुशील ज्ञवाली