टारी खेतमा राजेशपायल र पासाङल्हामु

काठमाडौं । गायक राजेशपायल राई र गायिका पासाङल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘टारी खेत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शान्तिराम राईको शब्द, संगीत र आगा लामाको संगीत संयोजन छ । भिडियोमा पुष्प खड्का, एलिशा राई, सुरेश कोहली, आरोही चापागाई, प्रताब मगर, कुसुम केसी फिचर्ड छन् ।

भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन र शिव विकको निर्देशन छ ।